राजन कुमार बानिया ,पर्सा ११ कार्तिक
पर्साको धोबिनी गाउँपालिकाको सहयोग र कृति डेभलपमेन्ट एण्ड स्किल प्राली धोबिनीको आयोजनामा आज २ दिने महिलाहरुको लागि घरेलु हिन्सा समबन्धी तालिम अाज समापन भएको छ ।धोबिनी गाउँपालिका वडा नं ४ लंगडी स्वास्थ्य चौकीमा संचालन भएकोको तालिमको उदघाटन वडा नं ४ का वडाअध्यक्ष अबास मियाँ चुरिहारले उदघाटन गर्नु भएको थियो। महिला हरुको लागि घरेलु हिन्सा समबन्धी तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको थियोे ।तालिमको प्रशिक्षक राजु प्रसाद यादव र गोबिन्दपटेलले प्रशिक्षण दिनु भएको थियो । तालिममा स्थानिय जनप्रतिनिधि मदन सहनी, निरज पटेल लगायतको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

