Rashtriya Dainik

प्रतिनिधि सभा सदस्यमा राजकुमार गुप्ता निर्वाचित अधिकारिक घोषणा

बीरगन्ज / प्रतिनिधि सभा पर्सा क्षेत्र न ३ का नवनिर्वाचित सदस्य राजकुमार गुप्ताले मतगणनाको विषयमा भ्रममा नपर्न आग्रह गर्नुभएको छ । पराजित मानसिकताको उपजको रुपमा केही उम्मेदवार र व्यक्तिले सत्ताको आडमा भ्रम फैलाइरहेको मा सजग रहन आफ्नो मतदाता क्षेत्रको जनसमुदायमा आग्रह गर्नु भएको छ ।’ केही व्यक्तिले गरिरहेको षड्यन्त्रको जनताले प्रतिकार गर्ने छ’ गुप्ताले भन्नुभयो।प्रतिनिधि सभा सदस्य पर्सा क्षेत्र न ३ को मतगणना सकिएपछि सर्वदलीय सर्वसम्मतिले मुचुल्का उठाएर क्षेत्र न ३ को निर्वाचन अधिकृत योगनाथ ढकालले माइकबाट नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएको घोषणा गर्नु भएको थियो । निर्वाचन अधिकृत ढकालले मौखिकको साथमा सार्वजनिक सूचना समेत टास गर्नु भएको थियो । सबै उम्मेदवारले पाएको मत सहितको अन्तिम विवरण लेखेर त्यसमा निर्वाचन अधिकृतको कार्यालयकै छाप लगाउनुका साथै हस्ताक्षर गरेर ह्वाटसएपमा पठाएको गुप्ता बताउनुहुन्छ । निर्वाचन आयोगको आधिकारिक बेवसाइडमा पर्सा ३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाको परिणामको घोषणा गर्दै राजकुमार गुप्ता निर्वाचित भएको उल्लेख गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित