Rashtriya Dainik

प्रतिनिधि सभा सदस्यका उम्मेदवारनैे सरकारी जंगल हड्प्ने परपन्चमा रहेको तथ्य वाहिरीयो

नवलपरासी / १ मंसिर

राज्यका निति निर्माणतहमा वसेका व्यक्तिहरुले सरकारी जग्गा हडप्ने श्रृङखलाहरु समय समयमा वाहिर आइरहेकै छन् ।

पहुचवाला राजनितिकर्मि तथा कर्मचारीतन्त्रको गोप्य मिलोमतोमा सरकारी जग्गा कव्जा भइरहेका खवरहरु वाहिरीने क्रम भने रोकिने छाट नै देखिएको छैन् ।

देशभर निर्वाचनको सरगर्मी चरम उत्सर्गमा चलिरहदा नवलपरासी पश्चिममा प्रतिनिधिसभा सदस्यका एक उम्मेदवारले सरकारी जग्गा हडपेको तथ्य वाहिर आएको छ ।
नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपेन्द्र कुमार अधिकारीले वर्दघाट नगरपालिका ४ अन्तर्गत माकर ४—क को राजमार्ग नजिक पर्ने चिसापानी जंगल क्षेत्रको ८ कट्टा जग्गा आफ्नो नाउमा दर्ता गरेको प्रमाण वाहिरिएको छ ।

निर्वतमान लुम्विनी प्रदेश सभासद एवं प्रतिनिधि सभाका उम्मेदवार रहेका दिपेन्द्र कुमार अधिकारीले माकर ४—क अन्र्तगत रहेको पुर्व पश्चिम राजमार्ग उत्तर तर्फको जंगलमा साविक कित्ता नं ६ बाट ९८ नं कित्ताकाट गरि ८ कट्ठा जग्गा कायम गरेको तथ्य भेटिएको छ ।

माकर ४ क को साविक मुल कित्ता नं ६ को कुल १८ कट्ठा ५ धुर जग्गाबाट निवर्तमान सभासद अधिकारी सहित ७ जनाको नाउमा कित्ताकाट गरिएको प्रमाण वाहिरीएको हो ।

दृष्यमा देखिएको पुर्वपश्चिम राजमार्गको उत्तरतर्फ राजमार्गसंग जोडिएको वर्दघाट नगरपालिका ४, चिसापानी को जग्गामा घना जंगल छ तर र जँगलको ८ कट्ठा जग्गा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट उमेदवार समेत रहेका दिपेन्द्र अधिकारीको नाउमा कायम गरिएको जिल्ला नापी कार्यालयको प्लाट रजिष्टरमा रेकर्ड देखिएको छ ।

नापी शाखा नवलपरासीको प्लट रजिष्टरमा अभिलेख भए अनुसार उक्त सरकारी जंगलको जग्गा ६ नं कित्ताको कुल १८ कठ्ठा ५ धुर लाई दाखिला खारेज गरी पवन मल्लका नाउमा ५ धुर, यसै गरि लक्ष्मण पन्थी १० धुर, गुरु प्रसाद लामिछाने १० धुर, लिलावती पौडेल १० धुर, रमेश कुमार श्रेष्ठ १० धुर, दिपेन्द्र अधिकारी ८ कट्ठा र हुतराज पौडेलका नाउमा ८ कट्ठा कित्ता काट गरि वाडफाड गरि क्रमश ९३,९४,९५,९६,९७,९८,९९ नं कित्ता कायम गरिएको छ ।

जिल्ला नापी कार्यालयको भनाइ अनुसार जिल्लाको मालपोत कार्यालयको कम्प्युटर अभिलेखमा भने उक्त जग्गाको कित्ता नदेखिएको र यसवारे कुनै लिखित दास्तावेज भए निर्वाचन सकिए पश्चात खोजि गरिने जिल्ला मालपोत कार्यालयको भनाइ छ ।

निर्वतमान प्रदेश सभासद समेत रहेका दिपेन्द्र कुमार अधिकारी नेकपा एमालेका तर्फबाट नवलपरासी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य वन्ने लक्ष्यका लागि चुनावी मैदानमा छन् ।
सम्मृद्ध नेपाल, सुखी नेपाली नाराका रचनाकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई भावि प्रधानमन्त्रीका रुपमा प्रस्तावीत गरिएको सन्दर्भमा विस्वासपात्रका रुपमा ख्याती कमाएका नेता विष्णु पौडेलको वालुवाटार जग्गा प्रकरण सेलाउन नपाउदै अर्का विश्वास पात्र नवलपरासी नेकपा एमाले जिल्ला अध्यक्ष एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ नवलपरासी पश्चिमका उमेदवार दिपेन्द्र अधिकारीको यो वर्दघाट नवलपरासीको चलनचल्तीमा २० करोड माथीको सरकारी जंगलको जग्गा हडप्ने लक्ष्यनुरुप श्रेस्ता कायम गरेको प्रमाण वाहिरीदा चुनावको मुखैमा भुमिहिन मतदाताले कसरी सहन गर्ने हुन भन्ने ठुलो प्रश्न छ ।

नेपाली जनताको भविश्य र मुहार फेर्ने मुल निति निर्माण गर्ने जनप्रतिनिधि चुन्न भएको यो एतिहासीक निर्वाचनको संघारमा चुनाव जित्ने दौडमा होमिएको एमालेका उम्मेदवारको यस्तो कर्तुत वाहिरीदा नवलपरासी पश्चिमका मतदाताहरु अलमलमा परेका छन् कि देशमा लोककल्याणकारी निति मार्फत जनताको गास वास कपासको व्यवस्थाका लागि जनमत लिने होडवाजीमा रहेका यी निवर्तमान सभासदको उमेदवारीलाई जनताले कसरी अनुमोदन गर्ने हुन नतिजाले वताउने छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित