बिनोद निगम / नवलपरासी , २९ कात्तिक
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भारतसँग जोडिएको पश्चिम नवलपरासीको सीमानाका बन्द हुने भएको छ ।
मंसिर १ गते बिहिबार मध्यरातिबाट मतदान सम्पन्न नभएसम्म भारतको सीमासँग जोडिएको पश्चिम नवलपरासीको सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी श्रावण कुमार पोखरेलले जानकारी दिए ।
निर्वाचन स्वच्छ, निश्पछ, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि स्थानीय प्रशासन ऐन २०२८ बमोजिम विभिन्न निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
सीमानाका बन्दसँगै निर्वाचनको दिन दमकल, शववाहन, एम्बुलेन्स, खानेपानी ट्यांकर, दुरसञ्चार सेवा, अस्पताल सेवा लगायत अति आवश्यक सेवा र अनुमति प्राप्त गाडी बाहेक अन्य गाडी सञ्चालन गर्न नदिने जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

