Rashtriya Dainik

संविधानको रक्षाका लागि गठबन्धनले चुनाव जित्नु पर्ने : प्रधानमन्त्री देउवा

नवलपरासी , २९ कार्तिक

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि गठबन्धनले चुनाव जित्नु पर्ने बताउनु भएको छ ।

नवलपरासीमा पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनु भएकाे छ ।

‘जनताका प्रतिनिधिहरुबाट बनेको संसदको रक्षा गर्न नसक्ने केपी ओलीलाई मत दिएर अर्थ नरहेको बताउँदै उहाँले भन्नू भयो ‘गठबन्धनलाई मत दिनुहोस् ५ बर्ष पूरा चलाउने छौं । हामी समावेशी संविधान रक्षा गर्दै अगाडि बढ्छौ ।’

कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको हुलमा कौरवहरु रहेको र पाँच दलको गठबन्धनमा पाँच पाडपहरु रहेकोले चुनाव रुपी युद्धमा पाण्डपको र्थात गठबन्धनको जित हुने बताउनु भयो ।

ओली प्रवृतीले जनताका अधिकार खोस्ने बताउँदै उहाँले अधिकार स्थापित बनाउने गठबन्धन भएकाले गठबन्धनलाई मत दिन आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा पश्चिम नवलपरासिको क्षेत्र न १ मा गठबन्धनका उम्मेदवारको रुपमा नेपाली काङ्ग्रेसका नेता बिनोद चौधरी र प्रदेश क का उम्मेदवार बिश्व प्रेम पाठक लगायतले बोल्नु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित