पर्सा २४ कार्तिक
पर्सा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ मा धोबिनी गापाको वडा न .५ धोबिनी र जगरनाथपुर टोलमा लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश रिजालको बिशाल चुनावी घर दैलो कार्यक्रम सप्पन्न भएको छ।
कार्यक्रममा स्थानीय महिलाहरु घरबाट निसकिएर ठाउँ ठाउँमा नेता रिजाललाई फुलमाला र अबिरलाई स्वागत गर्दै जितको अग्रिम शुभकामना समेत दिदै छन, घरदैलोमा गठबन्धनको प्रदेश सभा सदस्यको उमेदवार शेख चान्द तारा ,बसिष्ठ ना प्र कुर्मी ,नवीन सिह,श्रीकान्त यादव, बलिष्टर अहमदका साथै गठबन्धनका सन्तोष पटेल ,गाया यादव,उमेश पटेल ,मनोज मिया ,सोनालाल कुर्मी ,लक्ष्मी प्र कुर्मी ,अरमान मिया ,धर्मेन्द्र पटेल लगायतको नेता कार्यकर्ताहरुको सहभागी थियोे । नेता रिजाल यस पर्सा जिल्ला निर्वाचन क्षेत्र न.४ र देशमै एक असल ,इमानदार र राम्रो व्यक्तित्व छवि बनाएका नेताको रूपमा जनताहरु मूल्याकंन गर्ने गर्छन त्यसकारण पनि रिजालको जित सुनिश्चित भएको आम धोबिनी गा पा बासीको आकलन छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

