एजेन्सी । भारतीय अभिनेता नाना पाटेकर लामो समयदेखि अभिनयबाट टाढा छन् ।
यौन दूराचार प्रकरणका कारण उनी फिल्मबाट टाढिएका थिए । अब, उनी चाँडै निर्देशक प्रकाश झाको आगामी वेब सिरिज ‘लालुबत्ती’ मार्फत अभिनयमा पुनरागमन गर्दैछन् ।
नाना पाटेकर पछिल्लो पटक सन् २०२० मा रिलिज भएको फिल्म ‘इट्स माई लाइफ’मा देखिएका थिए । अभिनेत्री तनुश्री दत्ताले लगाएको मीटूको आरोपपछि उनी लामो समय अभिनयबाट टाढिएका थिए ।
त्यसपछि नानाले धेरै आलोचनाको सामना गर्नुपर्यो । यस घटनापछि उनले हाउसफुल ४ जस्तो व्यावसायिक हिट फिल्म समेत गुमाउनुपर्यो । तर, नानाले आफूमाथि लागेको मीटू आरोपलाई अस्वीकार गर्दै आएका थिए ।
नाना र प्रकाशले यसअघि फिल्म ‘राजनीति’मा सहकार्य गरिसकेका छन् । सन् २०१८ मा मीटू मुभमेन्टको क्रममा तनुश्रीले नानामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । सन् २००८ मा निर्माण भएको फिल्म ‘हर्न ओके प्लीज’को सेटमा नानाले आफूमाथि दुर्व्यवहार गरेको आरोप तनुश्रीले लगाएकी थिइन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

