वीरगंज –आज मंगलबार प्रदेस सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ९ बिश्रामपूरमा घरदैलो कार्य गर्नुभएको छ । निर्वाचनको मिति नजिकदै जादा गुप्ता कुर्मीले घरदैलो कार्यलाई निरन्तरता दिनुभएको छ । युवा जोश जाँगर र नयाँ सोचका साथ राजनीतिमा आउनु भएकी गुप्ता कुर्मी प्रति जनता रुझान दिन प्रति दिन बढ्दै गएको जसपाका युवा नेता एवम बहुदरमाई नगर निवासी चन्दन यादवले बताउनुभयो । अहिले नै उहालाई जितको अग्रिम बधाई दिदै मतदाताले टिका लगाईदिने ,माला लगाईदिने गरेका छन । उनीहरुले स्वास्थ्य विज्ञ भएकी उम्मेदवार गुप्ता कुर्मीलाई सहजै स्वीकारेका जसपाका केन्द्रीय सदस्य सल्मा खातुनले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

