Rashtriya Dainik

सुस्ता गाउँपालिकाकाे अनोमाघाटमा एक हजार दीप प्रज्वलन

नवलपरासी , २१ कात्तिक ।

पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिकाको महत्वपूर्ण धार्मिक एवं पुरातात्विक क्षेत्र अनोमाघाट (ठाडीघाट) मा एक हजार दीपप्रज्वलन गरिएको छ।

पौराणिक बुद्धस्थल भएर पनि ओझेलमा रहेको अनोमाघको प्रवद्धनका लागि कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आज साँझ हजार दियो बालिएको हो

सुस्ता गाउँपालिका ५ स्थित ठाडीघाटको रूपमा परिचित अनोमाघाट क्षेत्रमा कात्तिक पूणिमाको अवसरमा हरेक वर्ष ठूलो मेला लाग्ने गरेको छ आज साँझ देखि नै मेला शुरु भएकोले कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा हजार दीपप्रज्वलन गरी शान्तिको कामना गरिएको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत पौडेल, वडा अध्यक्ष प्रभुनाथ यादव तथा नेपाल र भारतका भक्तजनहरुको सहभागितामा दीपप्रज्वलन गरिएको हो। नारायणी नदीको तटमा रहेको यो स्थल गौतमबुद्ध भिक्षु बनेको स्थल हो कपिलवस्तुबाट बुद्धत्व प्राप्तिका लागि प्रस्थान गरेका सिद्धार्थ गौतमले यसै स्थलमा केश मुण्डन गरी गेरुवस्त्र धारण गरेको बुद्धग्रन्थहरूमा उल्लेख रहेको छ ।

गौतमबुद्धले बुद्धत्व प्राप्त गर्न बोधगया जाँदाको प्रस्थान विन्दु रहेकाले पनि अनोमाघाट क्षेत्र महत्वपूर्ण पर्यटकीयस्थलका रूपमा रहेको छ सो घाट बुद्धको अस्तु धातु रहेको ऐतिहासिक रामग्राम स्तूपबाट पूर्वतर्फ नारायणी (अनोमा) नदीको किनारमा अवस्थित छ। मान्छे किन विरामी हुन्छ, किन दुख पाउँछ, सुख पाउन के गर्नुपर्छ, किन मर्नुपर्छ भन्ने जान्न बुद्धले दरबार त्यागेर ज्ञानको खोजीमा निस्कँदा २९ वर्षको उमेरमा अनोमा नदी (त्रिवेणी नदी) मा टाउको मुण्डन गरेर सन्यासी भएको बुद्धग्रन्थहरूमा उल्लेख छ । बुद्धकालिन स्थल भएकोले यस क्षेत्रको संरक्षण, विकास, प्रवद्र्धन गर्न गाउँपालिका निरन्तर लागिरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो गाउँपालिकाकै आयोजनामा यहाँ कात्तिक पूर्णिमा दिन लाग्ने मेलाको मूख्य आकर्षण परम्परागत कुस्ती प्रतियोगिता हुने गरेको छ । यस वर्ष सोही वडाका वडा अध्यक्ष प्रभु यादवको अध्यक्षतामा मेला व्यवस्थापन समिति गठन गरि मेला सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित