राजन चाैधरी / रुपन्देही , २१ कार्तिक
नेकपा एमाले परित्याग गरी ५० बढी युुवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सोमबार साँझ सियारी गाँउपालिका वडा नम्बर ६ सर्जुगञ्जमा आयोजित कार्यक्रममा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी प्रवेश गर्ने युवाहरुलाई पार्टी सदस्यता प्रदान गर्नुभयो ।

नेकपा एमालेबाट अभिषेक शर्मा, गोकुल भण्डारीसहितका ५० बढी युवाहरु कांग्रेस प्रवेश गरेका हुन् ।
युवाहरुलाई पार्टी प्रवेश गराउँदै रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वारसमेत रहनुभएका खाणले पार्टीमा क्रियाशील भएर लाग्ने युवाहरुलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुुभयो ।

गणतन्त्रलाई संस्थागत गर्न र गणतन्त्रात्मक व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

