Rashtriya Dainik

देश विकासमा महिलाको भुमिका अग्र स्थानमा : नेता चौधरी

नवलपरासी । नेपाली कांग्रेसका नेता बिनोद चौधरीले विश्वको बिकासमा महिला समुदायको भुमीका अग्रणी स्थानमा रहेको बताउनुभएको छ । नवलपरासी क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यमा सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार समेत रहनुभएका नेता चौधरीले आज बर्दघाटमा महिला संघद्धारा आयोजीत अगुवा महिला कार्यकर्ता भेलालाई सम्वोधन गर्दै यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका नेता चौधरीले महिला समुदायको भुमीका मुलुक भरी अग्रणी स्थानमा छ । त्यसैले नेपाल सहित विश्वका विभिन्न राष्ट्रको विभिन्न महत्वपुर्ण भुमीकामा महिलानै नेतृत्व गर्दै आफ्नो सफलता देखाईसकेको उदाहरण प्रस्तुत गर्नुभयो ।
आधा संसार ढाकेका महिला मुदायलाई सवै वर्गले उत्तीकै मान सम्मान साथ साथ साथ हातमा हाल मिलाएर संग संगै देशको बिकासमा लाग्नुपर्ने बिचार राख्नुभयो । नेपाली महिला संघ नवलपरासीकी जिल्ला अध्यक्ष कमला पराजुलीको अध्यक्षतामा ता महिला संघकी क्षेत्रीय सभापति बिमला उपाध्यायको स्वागत तथा मुना धनन्जय संन्चालन गर्नुभएके भएको सो कार्यक्रममा, महीला संघकी केन्द्रिय अध्यक्ष उषा रावत , नेपाली कांग्रेस संघीय निर्वाचन क्षेत्रीय सभापति मुकुल आचार्य , समानुपातीक उम्मेदवार लाल वहादुर गुरुगं , प्रदेश सभा सदस्यका उम्मेदवार बिश्वप्रेम पाठक लगायतले बोल्दै लोकतन्त्र रक्षा र यहाका अध’रा बिकास निर्माणलाई पुरा गर्न कांग्रेसलाई जिताउन अनुरोध गरे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित