Rashtriya Dainik

चुनाव बहिष्कारको अपिल गर्दै मतदाताको घरदैलोमा क्रान्तिकारी माओवादी

नवलपरासी – मोहन बैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीले निर्वाचनमा भोट नदिन आब्हान गर्दै मतदाता भेटघाट तथा घरदैलो अभियान संचालन गरेको छ । जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा क्रान्तिकारी माओवादीले मत नदिन अपिल गर्दै घरदैलो अभियान शुरु गरेको जिल्ला सेक्रेटरी छविलाल खरेलले जानकारी दिनुभयो । ‘पटक पटक जनताले संसदीय ब्यवस्थाका मतियारहरुलाई भोट दिदै आए । यस पटक राष्ट्रघाती जनघातीहरुलाई भोट दिनु हुदैन भनेर हामी जनताको घरदैलोमा पुगेका छौ’ – प्रदेश सचिवालय सदस्य समेत रहनुभएका खरेलले भन्नुभयो – ‘बहिष्कार आन्दोलनलाई जनताले निकै चासोपूर्वक लिएको पायौ ।’
पटक पटक मत दिएर पठाएका दल तथा उम्मेदवारहरुले धोका दिएको भन्दै जनता मत हाल्न जाने मनस्थितिमा नरहेको खरेलले दावी गर्नुभयो । जनताले एमसीसीका मतियारहरुलाई भोट दिनु हुदैन भन्दै बैकल्पिक राजनीतिक शक्ति खोजेको हामीले महसुस ग¥यौ – खरेलको जिकिर थियो ।– ‘संघीय जनगणतन्त्रको स्थापनाको आधार भुमि तयार गर्न बहिष्कार आन्दोलन संचालन गरेका छौ ।’
घरदैलो अभियानको पहिलो चरण अन्तरगत शनिवार (आज) बर्दघाट–४ दिब्यनगरबाट अभियान शुरु गरिएको क्रान्तिकारी माओवादीले जनाएको छ ।
घरदैलो कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर थापा क्षेत्री , जिल्ला सेक्रेटरी छविलाल खरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला संयोजक ज्ञान बहादुर केसी, आदिवासी जनजाति महासंघका गोबिन्द बहादुर साठीघरे मगर, राष्ट्रिय उद्योग ब्यापार महासंघका जिल्ला संयोजक प्रेम पोखरेल लगायतका नेता कार्यकर्ता सहभागी भएको जनाइएको छ ।
यसैबीच नेकपा(क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको जिल्ला सचिवालाय तथा पुर्ण बैठक समेत शनिवार सम्पन्न भएको सेक्रेटरी खरेलले जानकारी गराउनुभयो । बैठकले पहिलो चरणको बहिष्कार आन्दोलनको समिक्षा समेत गरेको उहाँले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित