Rashtriya Dainik

बिनाेद चाैधरीकाे पक्षमा जनलहर

नवलपरासी , १९ कार्तिक

नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरी यतिबेला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ मा घरदैलो कार्यक्रमका लागि खटिइरहेका छन्। सत्तागठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका उनी रुख चिह्न (नेपाली कांग्रेस) का लागि भोट माग्दैछन्।

घरदैलो कार्यक्रमका बेला उनले विभिन्न नयाँ नयाँ गतिविधिमा सामेल भएको तस्बिर पनि राख्दै आएका छन्। चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा ट्र्याक्टर चालकको सिटमा बसेको तस्बिर अपलोड गरेका छन्।

सँगै उनले कृषकको खुशीका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। ‘बाटोमा जन्मिएर, माटोमा हुर्किने किसान हाम्रो अन्नदाता हुनुहुन्छ। अत्याधुनिक प्रविधि सहितको कृषिमा आधुनिकीकरण अनि व्यवसायिकता हाम्रो पहिलो प्राथमिकतामा रहनेछ,’ उनको फेसबुकमा लेखिएको छ, ‘किसान खुसी भए यो देशको माटो खुसी हुन्छ।

देशको माटो खुसी हुनु भनेको मातृभूमि खुसी हुनु हो।’यसअघि पनि घरदैलो अभियानकै क्रममा उनले मोटरसाइकलको पछाडि बसेको फोटो पनि सेयर गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित