नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले विपक्षी प्रतिष्पर्धी दलहरुले लगाएको आरोपलाई खण्डन गरेका छन। चौधरीले भने मलाई हरेक आरोप लगाईन्छ तर मैले विश्वमाझ नेपाललाई चिनाएको छु म तपाईहरुको प्रतिनिधि पात्र हु त्यसैले कसैले राजनीतिक भाषा प्रयोग गरेर मेरो विरुद्धमा २/४ मिनेट भाषण गर्दैमा मेरो हाईट घट्दैन म बिचलित हुन्न ।
चौधरीले जनताले ठुला कुराहरूको अपेक्षा नगरेको बताए।गरिखाने सामान्य नागरिकको माग भरपर्दो स्वास्थ्य,शिक्षा र नैसर्गिक अधिकारको प्रत्याभूती हुने बाताबरणको सुनिस्चितता मात्रै हो उनले भने तर उनिहरुका सपना माथी सधै खेलबाड गरियो ।२७ दिन म यो क्षेत्रमा डुले नागरिकका सामान्य भन्दा सामान्य आवश्यकता समेत पूरा नभएको देख्दा मलाई पीडा लाग्यो जुन नागरिककोको नैसर्गिक अधिकार भित्र पर्छ्न चौधरीले भने।
प्रतिष्पर्धी हृदयेश त्रिपाठीतर्फ लक्षित गर्दै चौधरीले भने हरेक चुनाबमा रङ बलदिएर यता उति गरेर चुनाव जितिरहने तर मतदाताको भावनामाथी कुठाराघात गरेर सधै यो क्षेत्रलाई उपेक्षामा राखिराख्ने यो कस्तो प्रवृत्ति हो ।यहाका स्वास्थ्य सस्था,शैक्षिक अवस्था,ग्राम बस्तिका बाटाघाटाको अवस्था र उनीहरुकोको जिवनस्तर हेर्दा राज्यको उपस्थिति नै नभएको होकि जस्तो महसुस भएको चौधरीले बताए।यो कसका कारणले भएको हो उनले प्रश्न गरे ।एकै पटकमा आमूल परिवर्तन ल्याउन नसकिएला तर २५ औ बर्ष सम्म शून्य उपलब्धि हुदा फेरि पनि उनिहरुलाई नै पत्याईदिनु पर्ने कारण के भन्दै चौधरीले आक्रोश ब्यक्त गरे।
सुस्ता,प्रतापपुरका जनताले आफ्नो जग्गा धितो राखेर ऋण नपाउने अवस्था छ यति सम्मको चरम पिडामा यहाका नागरिक रहदा बर्षौ सम्म उनिहरुको पिडामा मल्हम लाउन नसक्ने नेतृत्वको नैतिकतामाथिनै प्रश्न उठेको चौधरीले बताए।नेपाली काङ्ग्रेस वडा कार्यसमिति बर्दघाट ९ ले आज भुताहामा गरेको कार्यक्रममा बोल्दै चौधरीले यो क्षेत्रमा अब काङ्ग्रेसको बिरासत कसैले ढाल्न नसक्ने दावी गरे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

