Rashtriya Dainik

धार्मिक सहिष्णुता तथा घरेलु हिंसा न्यूनिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

उमेश बि.क / नवलपरासी , २ कार्तिक

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका – १० सहिद पार्कमा धार्मिक सहिष्णुता तथा घरेलु हिंसा न्यूनिकरणमा धार्मिक तथा सामुदायिक अगुवाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालको सहयोगमा सन्चालित घरेलु हिंन्सा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजनाद्वारा कार्यक्रम गरिएको हाे।

सुनवल सामुदायिक बिकास केन्द्रकाे कार्यवाहक अध्यक्ष ठाकुर प्रसाद खनालकाे अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेखरेलकाे प्रमुख अातिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी पाेखरेलले सबैले सबैकाे धर्म संस्कृति रितिरिवाजलाई सम्मान गर्नुपर्ने बताउनुभएकाे थियो । घरेलु हिंसाको अन्त्यका लागि अशिक्षा र बेरोजगारको समस्या समाधान हुनुपर्ने वताउनुभयो । घरेलु हिसां जो कसैलाई पनि हुन सक्ने वताउदै उहाँले समाजको वास्तविकतालाई हेर्दा बढी मात्रामा महिलाहरु घरेलु हिसांबाट पीडित बन्नुपरेको वताउनुभयो ।
पितृसतात्मक सोचको हावी भएको समाजमा अशिक्षा, बेरोजगार लगायतका समस्याले महिलाहरु घरेलु हिंसाबाट पीडित हुन बाध्य भएको वताउनुभयो । पाेख्रेलले घरेलु हिंसा अन्त्यका लागि व्यक्तित्व विकास सँगै महिलाहरु शिक्षित र आयआर्जनमा जोडिनुपर्ने उहाँको भनाई रहेको थियोे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्रमुख एवं प्रहरी नायव उपरीक्षक ऋषिराम कण्डेलले घरेलु हिंसाकाे परिचय , घरेलु हिंसा सम्बन्धि जिल्लाको बस्तुगत अवस्था, हिंसाका प्रकार, कानुनी व्यवस्था लगायतका वारेमा प्रशिक्षण गर्नुभएको थियो ।

धार्मिक तथा सामुदायिक अगुवाहरूकाे सहभागीता रहेको कार्यक्रममा शुभ दिपावली, नेपाल सम्बत् ११४३, तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

संस्थाकाे काेषाध्यक्ष देव कुमारी घिमिरेकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन घरेलु हिंन्सा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजना संयाेजक कृष्ण पाण्डेयले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित