राजन कुमार बानिया /पर्सा २ कार्तिक
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले पर्सा क्षेत्र नम्बर ४ मा पर्ने कालिकामाई गाउँ पालिकाकाे कटी बलुवा , पाेखरिया नगरपालिकाकाे फुलवरिया र बसन्तपुरमा बुधबार चुनावी घरदैलो कार्यक्रम गरेका छन् ।
पर्सा ४ का काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र माओवादी केन्द्रकी प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराले दलका नेता कार्यकर्तासंगै कटि बलुवा र पोखरीया नगरपालिकाको बसन्तपुर र फुलवरीयामा घरदैलो कार्यक्रम गरेका हुन् ।
घरदैलो कार्यक्रममा मतदाताहरुसंग भेट्दै दुवै उम्मेदवारले जनताको सुखदुखमा साथ दिदै आएकाले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी बनाउन आग्रह गरेका थिए । प्रतिनिधीसभा सदस्यका उम्मेदवार रिजालले मधेस र देशको समृद्धिका लागि फेरि पनि सत्ता गठबन्धनकै सरकार बन्न आवश्यक भएकाले निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई नै मत दिएर विजयी बनाउन अनुरोध गरे ।
संविधान र लोकतन्त्र मास्न खोज्ने दल एमाले र उससंग घाँटी जोडेको जसपा दुवै अहिले सत्ता स्वार्थका लागि एक भएकाले उनिहरुलाई परास्त नगरिए फेरि संविधान र लोकतन्त्र समाप्त पार्ने खतरा रहेको पनि उनले बताए । रिजालले भने ,‘ जसले मधेसको मसिहा भनेर मधेसीको बलिदानी दिन लगायो त्यहि दल अहिले मधेस विरोधी एमालेसंग घाँटी जोड्न पुगेको छ , यदि उनिहरुलाई चुनावमा जनताले परास्त गरेनन् भने फेरि पनि लोकतन्त्र र संविधान दुवै खतरामा पर्न सक्छ , जनताले यो कुरा बु्झन जरुरी छ ।
काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजालले मधेस र मधेसीको अधिकार र मुद्धाको पक्षमा काँग्रेस सदैव साथ दिने पार्टी काँग्रेस नै रहेको कुरा इतिहासले पुष्टि गरिसकेको पनि बताए ।
घरदैलो कार्यक्रममा कांग्रेसका महासमिति सदस्य एवं जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव लगायतको सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

