Rashtriya Dainik

बझाङ जीप दुर्घटना ६ जनाकाे मृत्युु १६ जना घाइते

उत्तमकुमार थापा / बझाङ
बझाङकाे मष्टा गाउँपालिका वडा नं १ मा जीप दुर्घटना हुदँ ६ जनाकाे मृत्यु भएकाे छ भने १६ जना घाईते भएका छन् ।

बझाङमा जिप दुर्घटना भएको छ। बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका १ स्थित चिउरी अम्ला चाैकाकाे तुफानडाडामा जिप दुर्घटना भएको हो। बझाङकाे सदरमुकाम चैनपुर नजिकै रहेकाे डुङ्गी देखि मष्टा जादै गरेकाे जिप दुर्घटनामा परेकाे हाे ।
सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ‘६ जनाको शव भेटिएको छ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले भने, ‘घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ। विस्तृत विवरण आउन केही समय लाग्छ।’ मृतक र घाइतेहरुको पहिचान भने खुलेको छैन ।घाईतेकाे जिल्ला अस्ताल बझाङमा उपचार हुदै।

घाइते हुनेमा मष्टा गाउँपालिका- २ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनि धामी, सिंहवीर बुढा, ३५ बर्षिय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्कि देवि भण्डारी, सोही वडा २५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, ७५ बर्षिय बिरबहादुर खड्का, मष्टा साडा- १ बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ७५ बर्षिय बिरबहादुर खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित