उमेश बि.क / नवलपरासी , २ कार्तिक
भन्सार छलेर लैजादै गरेको करिब ९० लाख बराबरको चिनीलाई पश्चिम नवलपरासी सशस्त्र प्रहरीले बरामद गरेको छ।
भन्सार छलेर ट्रकमा ल्याउँदै गरेको चिनीलाई प्रहरीले बुधबार पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका २ मा सशस्त्र प्रहरी बल नेपाल बि. ओ. पि.हरपुरबाट सप्रनि सुरेन्द्र बहादुर बोहराको कमाण्डमा खटिगएको ९ जना र महेशपुर भन्सार कार्यालयबाट खटिएको सुब्बा मोह राज जैशीको नेतृत्वमा ५ जनाको संयुक्त टोलिले ना ६ ख २१९७ नम्बरको ट्रक सहित ४२० बोरा (२१००० के.जि ) चिनि बरामद गरेको हो।

त्यस्तै अाज बिहान ६:३० मा रामग्राम नगरपालिका ५ स्थित परासी – भैरहवा हुलाकी मार्गमा ट्रकलाई चेकजाँच गर्ने क्रममा बिल भरपाई नभएको लु १ ख ९८७१ नम्बरको ट्रक सहित ४२० बोरा (२१००० के.जि.) चिनि बरामद भएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरीक्षक केशवराज थापाले जानकारी दिनुभएकाे हाे ।
यो चिनी पश्चिम नवलपरासीको सीमा नाकाबाट तस्करी गरी लगिएको बताइएको छ।
बरामद चिनी करिब ९० लाख बराबरको रहेको र उक्त २ वटै ट्रक सहित चिनी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा लगिएको उपरीक्षक थापाले जानकारी दिनुभएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

