Rashtriya Dainik

सुर्यनगर रङगशालामा प्याराफिट निर्माण हुँदै:मन्त्री चौधरिले शिलान्यास गर्ने

बर्दघाट नगरपालिका वडा नम्बर १६ मा रहेको सुर्यनगर रङ्गशालामा सोमबार लुम्बिनी प्रदेशका पर्यटन तथा शहरी बिकास मन्त्री डिल्ली चौधरी आउनु हुने भएको छ।

मन्त्री चौधरीले सुर्यनगर रङ्गशालामा स्थाई प्याराफिट निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको नव युवा क्लबका अध्यक्ष भिमकाजी गुरुङले जानकारी दिनु भयो।नव युवा क्लब र वडा नम्बर १६ का अध्यक्ष सुकबहादुर गुरुङको पहलमा मन्त्री चौधरीले स्थाई प्याराफिट निर्माणकालागि रु ४० लाख बजेट बिनियोजन भएको थियो।

क्लब ले बर्सेनि अस्थायी प्याराफिट निर्माणमा रकम खर्चनु परेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित