उमेश बि.क / नवलपरासी, पुस २४
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर १ मा अवस्थित तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारण सभा सम्पन्न भएको छ।
संस्थाले साधारणसभाको अवसर पारी सस्थाको नवनिर्मित भवनको समेत उद्घाटन गएको छ । भवन पुर्व गृहराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलले उद्घाटन गर्नुभएको हो ।

सहकारीका अध्यक्ष मिना चौधरीको अध्यक्षता एवम् पुर्व गृहराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यता एवं सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे विशेष अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै पुर्व गृहराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य कण्डेलले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको वताए। उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि सबैको विश्वास जित्नुपर्ने बताउदै सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउनुभयो । सहकारी मार्फत महिला दिदीबहिनीहरुलाई उद्यमशिल बनाउनुका साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो । छरिएर रहेको पुँजी, सिप,ज्ञान र सिर्जनालाई एकत्रित गरेर उत्पादनको, बिकासको र स्वयम् रोजगारको काममा लगाउनु पर्ने बताउनुभयो । सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहने बताउँदै अाफुले सहकारीमा बिगतका दिनदेखि सहयोग गर्दै अाइरहेकाे हुनाले अगामि दिनमा पनि जनताको सुखदुःखमा हमेशा साथ दिने प्रतिब्द्वता सहित सहकारीको उत्तराेतर प्रगतिकाे कामना सहित शुभकामना ब्यक्त गर्नुभएको हाे।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । सबै सदस्यहरु मिलेर अगाडी बढ्न आग्रह गर्दै यस सहकारीलाई नमुना सहकारीको रुपमा अगाडी बढाउन सके स्वावलम्बि र आर्थिक रुपमा अगाडी बढ्न सकिने उनको भनाई थियाे । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुकाे साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उनले बताए । साथै अगामि दिनमा सहकारीलाई अाफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

त्यस्तै सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायले समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएर अाज महिलाकाे ठुलाे साथि सहकारी भएको छ। अाफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र अावश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक महिलाकाे लागि अावश्यक छ। यसले महिला नेतृत्वमा ठुलाे सहयाेग गरेको भन्दै महिलाको लागि हमेशा सकारात्मक रहेको र अावश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेकी थिइन ।

सहकारी संस्थाकाे १४ अाैँ सधारण सभामा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल, वडा नम्बर १ वडा अध्यक्ष भेष नरायण चाैधरी ,समाजसेवी राधेश्याम चाैधरी, निरमाया चाैधरी लगायतले सहकारीमा अधिकांस महिलाहरु आवद्द भएको हुदा बचत गर्ने बानिको बिकास गरी महिलाहरु आफै उद्यमी र स्वाबलम्बी बन्नुपर्ने बताउदै महिलाहरु चुलो चौकोमा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्नेमा जोड दिदै सहकारीले महिलाको नेतृत्व विकास गरी आनीबानी परिवर्तन समेत ल्याएको जोड दिएका थिए ।

उक्त सहकारीको बार्षिक प्रतिबेदन सहकारीकी अध्यक्ष मिना चौधरीले प्रस्तुत गरेकी थिइन् । २०६४ सालमा स्थापना भएको सहकारीले ५ कराेड ९९ लाख ७९ हजार ४२४ बराबरको आर्थिक कारोबार गरेको सहकारीकी व्यवस्थापक अनुराधा कुमारी फाैजदारले जानकारी दीइन । सहकारीमा सरावल गाउँपालिका वडा नं. १ र २ का ९ सय ६५ जना सेयर सदस्य रहेका छन ।

सहकारी संस्थाकाे १४ अाैँ सधारण सभाकाे अवसरमा सबभन्दा बढी मासिक बचतकर्ता रिता देवी चाैधरी ,सबभन्दा बढी सेयर सृजना पाण्डे ,छाेरी तथा बाल बचत खुश्बु खातुन ,असल ऋणमा अन्जनी चाैधरी ,किशोर चाैधरीलाई पुरीस्कृत समेत गरिएको हाे। साथै सिइइ पास भएको र एकल महिलाई समेत सम्मान सहित पुरस्कृत गरिएको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

