वीरगंज , २४ पुस
सशस्त्र प्रहरी बल ड्राईपोर्ट बिअोपीले अवैध कुखुराको चल्ला पक्राउ गरेको छ।

सशस्त्र प्रहरी ड्राईपोर्ट बिअोपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सम्राट भणडारीको कमाण्डमा खटिएको टोलीले भारतवाट अवैधरुपले कुखुराको चल्ला २४ कार्टुन सहित २ दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेको चल्लाको २४ कार्टुनमा १९२० गोटा रहेको सो चल्लाको मूल्य करिव २ लाख ५० हजार बराबर रहेको सशस्त्र प्रहरीले बताएका छन्।

उक्त पक्राउ परेको भारतीय नम्बर मोटरसाइकल bro5f7785 र नेपाल नम्बरको मोटरसाइकल ग १५ प ९९४१ नम्बरको मोटरसाइकल राजशव कार्यालय पथलैया बारामा बुझाएको छ भन्ने कुखुराको चल्लाको स्थानीय , पत्रकार , राजशव अनुसन्धान र पशु क्वारेन्टाइनको प्रतिनिधिहरु उपस्थितमा नष्ट गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

