Rashtriya Dainik

महाधिवेशन प्रतिनिधि पदमा रुपन्देहीमा शालिन एवं वौदिक व्यक्ति सुनिल लमिछनेको उम्मेद्वारी

नेपाल कर्मचारी युनियन निर्वाचन २०७८ : महाधिवेशन प्रतिनिधि पदमा रुपन्देहीमा शालिन एवं वौदिक व्यक्ति सुनिल लमिछनेको उम्मेद्वारी ।

देशको स्थायी सरकार संचालनमा हिस्सेदारी गरिरहेको प्रजातान्त्रीक विचारधारा समुहको सारथी अर्थात नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीको आठौं जिल्ला अधिवेशन शनिबार सम्पन्न हुँदै छ ।
नेपाली कांगेस विचारधारा सिरोधार गर्ने कर्मचारीहरुको ट्रेड युनियन नेपाल निजामती कर्मचारी युनियनको अधिवेशनको मिति नजिकिदै गर्दा उम्मेद्वारहरुले उम्मेद्वार घोषणा गर्नेदेखि लिएर कर्मचारी भेटघाटको सरगर्मी तीव्र भएको छ ।

रुपन्देहीबाट केन्द्रिय प्रतिनिधिमा आकांक्षी धेरै रहेका छन् । केही आंकाक्षीहरुले आफ्नो उम्मेद्वारी घोषणा गरि सकेका छन् भने केही उम्मेद्वारी घोषणाको तयारीमा छन् । रुपन्देहीबाट केन्द्रिय प्रतिनिधीका लागि सुनिल लमिछानेले आफ्नो उम्मेद्वारी घोषणा गरि सकेका छन् । लमिछाने यस अघि नवलपरासी कार्यरत रहदाका जिल्ला अध्यक्ष हुन ।
सालिन तथा नम्रस्वाभावका लामिछाने नवलपरासी वडासचिवकारुपमा कार्यरत थिए । विज्ञान संकाय , अर्थशास्त्र , समाजशास्त्र मा स्नात्कोत्तर तथा कानुन विषयमा स्नातक गरेका लामिछाने हालै मात्र खुल्ला प्रतिश्पर्धामा देशै भरिबाट उत्कृत्ट १० स्थान भित्र शाखा अधिकृत परिक्षा उर्तिण भई जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा सहायक जिल्ला न्यायाधिवक्ताको रुपमा कार्यरत छन् ।

विधार्थीकालिन राजनीति नेपाल विधार्थी संघबाट पाल्पा त्रिभुवन क्याम्पसमा स्ववियु मा सचिव पदमा निर्वाचित भएका थिए । साथै शिक्षकको रुपमा समेत अध्यापन गरेका लामिछाने नेपाल शिक्षक संघको तर्फबाटसक्रिय रुपमा नवलपरासी पब्लिक क्याम्पस प्राध्यापक संघ नवलपरासीको सचिवको समेत सफल नेतृत्व समालेका थिए ।
गा वि स सचिव हकहित केन्द्रको जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यको रुपमा जिम्मेवारी समालेका लामिछाने ………मा पाल्पाक्याम्पस अधययन रहदा मिस्टर ट्यालेण्ट अवार्ड जितेका थिए ।
लामो समय देखि विद्यार्थी, शिक्षक, प्रध्यापक हदै हाल सम्म निरन्तर संगठनको हितमा क्रियाशिल भएकाले अधिवेशनमा आफ्नो उम्मेद्वारी स्वाभाविक रहेको लमिछाने बताउँछन् ।

कर्मचारी युनियनमा रहेका करिब ५७५ जना सदस्यले रुपन्देहीको नयाँ नेतृत्व र ५ जना केन्द्रिय प्रतिनिधी चयन गर्ने छन् । केन्द्रिय अधिवेशन माघको पहिलो हप्ता काठमाडौँमा गर्ने तयारी रहेको छ ।
सालिन एवं वौदिक व्यक्तित्वका रुपमा छाप वनाएका लामिछानेको स्वच्छ छवि , सहयोगी र मिलनसार स्वभावका कारण नवलपरासी जिल्लामा हुँदा सबै खालका कर्मचारीहरु माझ लोकप्रिय वनेका लामिछाने आफु सवै भन्दा पहिला सेवाग्राही जनता त्यस पछि मात्र कर्मचारी संगठनको हितको विषय आउने भन्दै एक मत एक पद र मात्र एक पटकको लागि सवैमा सहयोगको लागि अपिल गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित