Rashtriya Dainik

नेपाल निजामती कर्मचारी युनियन पश्चिम् नवलपरासीको अधिवेशन सम्पन्न

पौष / २३ पश्चिम् नवलपरासी
नेपाल निजामती कर्मचारी युनियन पश्चिम् नवलपरासीको अधिवेशन सम्पन्न भएको छ।
नेपाल निजामती कर्मचारी युनियन पश्चिम् नवलपरासीका कार्यबाहक अध्यक्ष केशव तिवारी को अध्यक्षता एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्यता र नेपाली काङ्ग्रेसका जिल्ला अध्यक्ष अर्जुन कुमार पोखरेल , प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायतको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

नेपाल निजामती कर्मचारी युनियन पश्चिम् नवलपरासीको अधिवेशनमा सनत कुमार गिरी अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । यसैगरी उपाध्यक्षमा महेन्द्र गिरि,केशरी देवि गैरे,सचिवमा सुन्दर खनाल,सहसचिवमा कुलदिप नारायण मिश्र,कोषाध्यक्षमा जय नेपाल बानिया चयन भएका छन।

त्यसैगरी सदस्यहरूमा क्रमशः मोहन प्रसाद पाण्डे,खेमनारायण खनाल,सृजना अधिकारी,ब्रम्ह प्रसाद गुप्ता,सन्ध्या ज्ञवाली,जमुना अधिकारी,रङ्गिला चौधरी,राजेश ज्ञवाली चयन भएको अध्यक्ष सनत कुमार गिरिले जानकारी दिनु भएको छ।त्यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधि तर्फ केसव तिवारी,मनिष अधिकारी र केशव पौडेल सर्वसम्मत भएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित