Rashtriya Dainik

केन्द्रीय सदस्य कण्डेललाई गृह जिल्लामा भब्य स्वागत

उमेश बि.क / नवलपरासी ,२१ पुस

नेपाली काँग्रेसको हालै सम्पन्न १४ औँ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित देबेन्द्रराज कण्डेललाई गृह जिल्लामा भब्य स्वागत गरिएको छ । केन्द्रीय सदस्यमा निर्वाचितपछि पहिलो पटक गृह जिल्ला आउने क्रममा वहाँलाई विभिन्न स्थानमा स्वागत तथा बधाई ज्ञापन गरिएको छ ।

पुर्व गृह राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहेकाे कण्डेललाई बर्दघाट देखि स्वागत सम्मान हुदै विभिन्न स्थानमा स्वागत तथा बधाई कार्यक्रम गरिएको छ । पश्चिम नवलपरासीको परासीमा नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ काे अायाेजनामा केन्द्रीय सदस्य कण्डेललाई भब्य स्वागत सहित बधाई ज्ञापन गरिएकाे हाे ।

यस्तै केन्द्रीय सदस्य कण्डेललाई उहाको निवास महेशपुर पुगि काँग्रेसका नेता तथा कार्यकर्ताहरुले बधाई दिएका छन् ।

स्वागत तथा बधाई ज्ञापन कार्यक्रमहरूमा केन्द्रीय सदस्य कण्डेलले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अमुल्य मतदान गर्ने र विभिन्न तह र तप्काबाट सहयोग गरि लुम्बिनी प्रदेशबाट नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति सदस्य पदमा निर्वाचित गराउनुहुने महाधिवेशन प्रतिनिधि, सहयोगी तथा शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको हाे।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा २०७८ मंसिर २७ गते भएको निर्वाचनमा कण्डेल नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति सदस्य पदमा निर्वाचित हुनुभएको थियोे ।

कण्डेलले कुल ४६४५ मतमा २७२७ मतसहित जीत हात पार्नुभएकाे थियो । वहाँकाे जीतसँगै नेपाली काँग्रेस पश्चिम नवलपरासी दाेस्राे पटक केन्द्रीय सदस्य प्राप्त गरेको छ ।

कण्डेल पहिला पनि नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य रहनुभएकाे थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित