Rashtriya Dainik

रामग्राम नगरपालिकामा जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण

नवलपरासी , २१ पुष । रामग्राम नगरपालिकामा जुनोटिक रोक सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिकाको पशुपन्छी विकास शाखा प्रमुख निरज पासवानको अध्यक्षता तथा रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त अभिमुखीकरण कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा विशेष अतिथि महेसपुर क्वारेन्टाईन चेकपोष्ट शाखाका प्रमुख पशु चिकित्सक सोभाखर ज्ञवालीले जुनोटिक रोगको बारेमा जनकारी गराउदै यस संक्रमण फैलिने तरिका र बच्ने उपायका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा पशुपन्छी विकास शाखा प्रमुख डाक्टर निरज पासवान र प्राविधिक गोविन्दराज पौडेलले जुनोटिक रोग र यसको संक्रमणबाट बच्ने उपायका बारेमा आफनो प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नगरपालिका भित्र माशु व्यवसायी, गाईभंैसी, पालक, बाख्रा तथा खुकुरा हाँस पालकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई पशुपंन्छी विकास शाखाका प्राविधिक खेमराज पटेलले स्वगत गरेका थिए भने शाखा प्राविविधक गोविन्दराज पौडेलले कार्यक्रममा सहजीकरण र कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा आर्थिक विकास महाशाखा प्रमुख निर्मला पोख्रेल, कृषि विकास शाखा प्रमुख आदेश मिश्र, कृषि विकाश शाखा प्राविधिक उमेश धोवी लगायतको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित