Rashtriya Dainik

चिसो बढ्नसाथ सरावल गाउँपालिकाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

उमेश बि.क / नवलपरासी ,२१ पुस

नवलपरासीको सरावल गाउँपालिकाद्वारा विभिन्न सामुदायिक बिद्यालयमा न्यानाे कपडा बितरण गरिएको छ।

पुस महिनाकाे पहिलो हप्तादेखि तराईका जिल्लाहरुमा शीतलहर र बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको कारण सितलहरबाट बच्नकाे लागि सरावल गाउँपालिकाका विभिन्न सामुदायिक बिद्यालयमा न्यानाे कपडा स्वरुप स्विटर बितरण गरिएको हाे।

न्यानो कपडा सरस्वती प्रा.बि पथरहिया,जनशक्ति प्रा.बि दङ्गिया ,त्रिमुर्ति प्रा.बि तिलौली , बालपुरी प्रा.बि पिपरामा र बुद्ध ज्याेती प्रा.बि हातिवन गरी १५२ जना बिद्यार्थीहरु वितरण गरिएको हाे।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले वितरण गरेको वालवालिकालाइ जाडाे छल्न सहज हुने न्यानाे कपडा समयानुकुल सहयोग पाएकाेमा बिद्यालयका बिद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।

न्यानो कपडा वितरण गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले जाडाे अत्याधिक बढेकाे हुनाले बालबालिकालाई जुता चप्पल ,टाेपि, पन्चा, गल्बन्दि लगाउने ,माेजा र न्याने कपडा लगाउने ताताे पानी पिउनुका साथै बिशेष गरि बालबालिका बृद्ध र गर्भवती महिलालाई बिशेष ख्याल राख्न अनुराेध गर्नु भएको छ। साथै जाडो धेरै भएकोले शरीरमा ऊर्जा दिने खानेकुरा सेवन गर्नुहोस् । दूध र दूधजन्य पदार्थलगायत प्रोटिनययुक्त खाने, बाहिर हिँड्दा बाक्लो कपडा लगाउने । र जाडाे बढी भएको हुनाले अाफु र अाफ्नाे परिवारलाई बिशेष ख्याल राख्न सुझाव दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित