Rashtriya Dainik

सुनवल १० गैडाखालमा ल्होसार माघीकप नकअाउट फुटबलको सुरुवात

पुरन अधिकारी ,पश्चिम नवलपरासी

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई अात्मासाथ गर्दै मनकामना युवा क्लबको अायोजनमा ल्होसार माघीकप नकअाउट फुटबल प्रतियोगिताको सुनवल १० गैडाखालमा पुस २१ गते एक कार्यक्रमको अायोजना गरि उद्धघाटन सत्रको खेल शुरु भएको छ।

उक्त खेल प्रतियोगिताका संयोजक जित बहादुर पुनको सभापतित्व एवं सुनवल नगरपालिका का प्रमुख भिम बहादुर थापा (भरत) को प्रमुख अातिथ्यता रहेको उक्त उद्धघाटन सत्रको खेलको कार्यक्रममा सुनवल वार्ड न.१० र ४ का वार्ड अध्यक्षहरु क्रमशः शेखकान्त अधिकारी र बिर बहादुर गुरुङ लगायत नगरका जनप्रतिनिधि खेलसङ्ग अाबध्द विभिन्न पदाधिकारी एवं खेलकुद प्रेमी र स्थानीय समेतको बाक्लो उपस्थिति रहेको थियोे ।

जम्मा १६ टिमको सहभागिता रहने उक्त ल्होसार माघीकप नकअाउट फुटबल प्रतियोगिता अाउदो माघ ८ गते सम्म संचालन हुनेछ भने उद्धघाटन सत्रको खेल मैत्री युवाक्लब र माकर युवाक्लब बिच प्रतिस्पर्धा भएकोमा मैत्री युवाक्लब एक का विरुद्ध दुई गोलले विजयी भएको छ।

यस क्षेत्रकै ठुलो धनराशि पुरस्कार समेत रहेको दाबी गरिएको सो प्रतियोगितामा प्रथम हुने फुटबल टिमले रु . एक लाख पचहत्तर हजार रकम प्राप्त गर्नेछ भने उक्त प्रतियोगिताको उद्धघाटन सत्रको कार्यक्रममा प्रमुख अतिथि भिम बहादुर थापाले खेलकुदले युवाहरूको समग्र विकासमा टेवा पुग्ने र खेलले स्वास्थ्य र अनुशासनपालनामा समेत महत्त्वपूर्ण भुमिका खेल्ने जनाउँदै खेलकुदका लागि नगरले हर सम्भव सक्दो सहयोग समेत गरिरहेको समेत जानकारी गराउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित