Rashtriya Dainik

एमालेलाई नवलपरासीकाे पहिलो पार्टी बनाउन मेरो अध्यक्ष पदमा उम्मेदवारी : दिपेन्द्र कुमार अधिकारी

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ पुस

नेकपा एमाले लुम्बिनी प्रदेशकाे प्रदेश सदस्य दिपेन्द्र कुमार अधिकारीले नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्ष पदको आकाङ्क्षी रहेको बताएका छन् । यही पुष २३ गते हुने नेकपा एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि आफुले पनि उम्मेदवारी दिने अधिकारीले भने ।

झण्डै साढे ३ दशकभन्दा लामो समयदेखि अधिकारी राजनीतिमा सक्रिय छन् । विद्यार्थी जिवनदेखी राजनीतिमा सक्रिय रहेका अधिकारी साबिक जहदा गा.बि.स अध्यक्ष समेत भएका थिए । २०७० सालमा तत्कालीन क्षेत्रमा माननियकाे उम्मेदवार रहेको अधिकारी झिनाे मतले पराजित भएका थिए । त्यस्तै २०७४ सालमा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन ।

नेता अधिकारी क्षेत्रीय कमिटी हुदै पार्टी जिल्ला कमिटी सचिवालय सदस्य , तत्कालीन नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य , संक्रमणकालमा पार्टी अध्यक्ष समेतकाे अनुभव बटुलीसकेका छन् ।

अधिकारीले जिल्लामा नेकपा एमालेलाई पहिलो पार्टी बनाउनुका साथै राजनीतिक सांगठनीक अवस्थालाई मजबुत बनाउन आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । पुराना नेता कार्यकर्तालाई सम्मानजक जिम्मेदवारी दिने र नयाँलाई सम्मानको वातावरण सृजना गरी पार्टीलाई व्यवस्थित बनाउने र आगामी निर्वाचनमा नेकपा एमालेलाई बिजयी बनाउने उद्देश्य रहेको अधिकारीकाे भनाई छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित