Rashtriya Dainik

लाेकप्रियताकाे अधारमा अबकाे चुनावमा टिकट मिल्छ : केन्द्रीय सदस्य कण्डेल

उमेश बि.क / नवलपरासी , २० पुस

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलले अब अाउने तीन तहको चुनावमा लाेकप्रियताकाे अधारमा टिकट वितरण हुने बताउनु भएको छ। नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ नवलपरासीले अायाेजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बाेधन गर्दै उक्त कुरा बताउनु भएको हाे। केन्द्रीय सदस्य कण्डेलले म उमेदवार हु भनेर अहिले घाेषणा गर्ने काम क्रियाशील सदस्यलाई नगर्न अनुरोध गर्नुभएको हाे । याे पार्टी त्याे पार्टी नभनिकन स्थानीय जनताको मनजित्न सबैलाई निर्देशन पनि दिनुभएको हाे । पार्टीभन्दा ठूलो कोही हुन सक्दैन भन्दै पार्टीलाई बलियो बनाउने गरी कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो । विगतका कमजोरीलाई सुधार गर्दै आपसी छलफलबाट पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै कण्डेलले भन्नुभयो, “आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्छ । प्रतिशपर्दामा तलमाथि हुन्छ तर ब्यवहारमा समान, सबैजना एक ढिक्का भइ संगठन बलियो बनाई स्थानीय तह जित्ने गरि लाग्न कार्यकर्तालाई निर्देशन पनि दिनुभएको हाेेे ।पार्टिका आन्तरिक समस्यालाई समाधान गर्दै कुनै झुन्ड वा ब्यक्तीको पछी नलागी पार्टी सुदृढीकरण तर्फ एकढिक्का भएर अगाडी बढ्नु पर्नेमा वहाँकाे जोड थियो। वहाँले कुनै गुट उपगुट नहेरि एक ढिक्का भइ लाग्न अाग्रह गर्नुभएको हाे। नेता कण्डेलले अाफु केन्द्रीय सदस्यमा पुनह जितिराख्दा अाफ्नाे मात्र जित नभएर अाम कार्यकर्ता र भाेटरकाे जित भएको बताउदै अाफुलाई सहयोग गरि जिताउनकाे लागि काठमाडौंमा सहयोग साथ दिने सम्पूर्ण कार्यकर्ता र मतदातालाई धन्यवाद दिनुभएको हाे।

पश्चिम नवलपरासीको परासीमा नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ काे सभापति माधव पाण्डेयकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देबेन्द्र राज कण्डेलकाे प्रमुख अातिथ्यतामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा संविधानसभा सदस्य देवकरण कलवार सन्तु ,जिल्ला सभापति अर्जुन कुमार पाेख्रेल ,निवर्तमान सभापति बिष्णु प्रसाद पाैडेल ,जिल्ला सचिव उमेश चन्द्र यादव ,प्रतिनिधिसभा क्षेत्र नं.१ सभापति मुकुल अाचार्य लगाएतले नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल नवलपरासी काङ्ग्रेसको अभिभावक रहेको बताउदै सबैलाई समेट्दै पार्टी बलियो बनाउदै लाग्नुपर्ने कुरामा जाेड दिएका थिए । कांग्रेस मिलेर जाँदा कुनै शक्तिले पनि जित्न नसक्ने बताउदै गुट उपगुटकाे पछी नलागी पार्टी सुदृढीकरण तर्फ एकढिक्का भएर अगाडी बढ्न सबै क्रियाशील सदस्यहरुलाई निर्देशन पनि दिइएका थिए ।

क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ काे उपसभापति यम प्रसाद भुषाल “दिपक ” ले स्वागत मन्तब्य ब्यक्त गरेकाे कार्यक्रमकाे सन्चालन सचिव भरत पाैडेलले सन्चालन गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य , प्रदेश तथा जिल्ला कार्यसमितिमा निर्वाचित नेतृत्वगणलाई बधाई शुभकामना ,सम्मान एवं पदस्थापना सहित प्रमाणपत्र वितरण गरिएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित