संजय कुशवाहा / नवलपरासी २० पुष
पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अन्दाजी ९ लाख १ हजार ४ सय मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याई वेवारीसे अवस्थामा राखेको अटो गाडीको हेड ४ सिलीण्डर १ थान, अटो गाडीको हेड ३ सिलीण्डर १ थान, टाटा गेयर बक्स १२ थान, ढोकाको कव्जा ९ थान, नलको वासर ४ थान, नलको वेश ६ थान, नलको पिस्टन २० थान र चिनी ४ सय ५० किलो लगायतका मालसामान जिल्लाको रामग्राम नगरपालिका वडा न. ७ उजैनी स्थितबाट प्रहरीले बरामद गरेको हो ।
बरामाद गरेका मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

