Rashtriya Dainik

नवलपरासीको जावामा वडा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

उमेश बि.क /नवलपरासी , १९ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ जावाकाे खेल मैदानमा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिताकाे सुरु भएको छ ।

वडा नम्बर २ काे आयोजना एवम् सरावल खेलकुद संस्थाको सहजिकरणमा “स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने मूल नाराका साथ संस्थाको अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यताम साेमबार वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको हाे ।

वडा अध्यक्षकप फुटवल खेललाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले सरावल गाँउपालीकाले खेलकुदलाई पनि विकासको एउटा पाटोको रुपमा मानेर लगानी गरिरहेको बताउनुभयो । खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए गाउँपाकिलाको मात्रै नभई समग्र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएकाे थियाे । यस्ता प्रतियोगिताले पछिल्लो पटक दुर्ब्यसनिमा फसेका युवाहरुलाई पनि सहि बाटो देखाउन सघाउ पुग्ने र स्वास्थ्यमा पनि खेलकुदको सकारात्मक असर हुने भएकाले गाउँपालीकाले लगानी गरेर खेलकुद तथा खेलाडी बिकासमा सरावल गाउँपालसकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयाेग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।

फुटबल उदघाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल ,वडा नम्बर १ का अध्यक्ष भेष नरायण चौधरी ,२ का कार्यवाहक अध्यक्ष नरेन्द्र प्रसाद चौधरी ,कार्यपालिका सदस्य छिमा सिंह राय , राष्ट्रिय दैनिकककाे कार्यकारी निर्देशक एव प्रेस युनियन जिल्ला उपाध्यक्ष उमेश कुमार बि.क लगाएतले खेल स्वास्थ्यकाे लागि लाभदायक हुनुकाे साथै यसले संगठित गर्न र युवाहरूलाई विभिन्न राेग तथा लागुपदार्थबाट बचाउन ठुलाे मद्दत गरेको कुरामा जाेड दिइएका थिए।

प्रतियोगितामा प्रथम हुने टिमलाई १५ हजार मेडल , द्धितीय हुनेलाई १० हजार मेडल र तृतीय हुने टिमलाई ५ हजार मेडल प्रदान गरिने खेलकुद संस्थाका सचिव दिपक क्षेत्रीले जानकारी दिनुभएको हाे।

त्यस्तै वडा नम्बर २ काे अायाेजनामा ब्याडमिन्टन र भलिबल प्रतियोगिता पनि सुचारु रहेको संस्थाका सचिव क्षेत्रीले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित