ज्ञानेश्वर सहानी/ नवलपरासी / १८ पुष
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताद्वारा रामग्राम नगरपालिका वडा नं २ पर्ने मदरसा अरविया अजिजिया जयाउल ओलुमको नवनिमित्त भवन समुदघाटन एव अभिभावक भेला कार्यक्रमको उद्घाटन गर्नु भएको छ।
रामग्राम नगरपालिकाकाे आर्थिक सहयाेगमा निमार्ण गरिएको नवनिमित्त भवनको उद्घाटन गर्नु भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले कुनै पनि क्षेत्रको विकास भन्दा पहिला शिक्षा क्षेत्रको विकास हुन जरूर छ। नगरका विकासका लागि शिक्षा एक महत्वपूर्ण भूमिका रहेकोले नगरको लगानी शिक्षा क्षेत्रमा गरिएको छ। बाल मैत्री अभियानमा रहेकोले यसका सबै सूचक पारे गर्नुमा बालबालिकाको शिक्षामा पहुँच बढाउन पनि हो । त्यस अनुसार नगरपालिकाले काम गर्दै आएको बताउनु भएको छ। नगरको विकासका लागि आफू सधै तयार रहेको बताउँदै सम्पूर्ण नगरवासीले चिसोमा सावधानी अपनाउन आग्रह समेत गर्नु भएको छ। 
कार्यक्रम रामग्राम नगरपालिका वडा नं २ मा रहेको मदरसा अरविया अजिजिया जयाउल ओलुमका व्यवस्थापक समितिका अध्यक्ष डाक्टर अखतर अन्सारीकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यता एवम् सविधान सभा सदस्य हाजी अलाउद्दीन अन्सारीकाे,रामग्राम नगरपालिकाको प्रशासकीय अधिकृत रुद्र प्रशाद रेग्मीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

