रन्जीत शर्मा / नवलपरासी / १७ पुष ।
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० २ हरपुरमा अवस्थित जानकी महिला बचत तथा ऋण सहकारी संस्था लि०को १२ वार्षिक साधारणसभा आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक उषा गुप्ताले आ०ब० ०७७/०७८ मा ६६ लाख ०९हजार ४ सय ७० को कारोबार गर्दै ३ लाख ९९ हजार ३ सय ४६ को शुद्ध नाफा आर्जन गरेको बताएकी छिन् ।

जानकी महिला बचत तथा ऋण सहकारी संस्था लि० का अध्यक्ष रमा देवि खरबारको अध्यक्ष्ाता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमूख अतिथिकता, उप-प्रमूख पावित्री कोहारको विशिष्ट अतिथिकता तथा पाल्हिनन्दन गाउपालिका वडा न० २ का वडा अध्यक्ष रामनगिना सिंहको विशेष अथितिक्तामा सम्पन भएको छ।

कार्यक्रममा पाल्हिनन्दन गाउपालिका वडा न० २ का वडा सदस्य फौजदार गुप्ता,सर्फुद्दिन अन्सारी ,अनारी देवी हरिजन ,मैना देवि हरिजन,हरपुर आ- आर्जन बचत तथा ऋण सहकारी संस्था लि० का उपाध्यक्ष कान्ति यादव ,पत्रकार रन्जीत शर्मा लगायतको अतिथिक्तामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह-व्यवस्थापक सपना खनालले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन रन्जीत शर्माले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

