Rashtriya Dainik

परासीमा लाईभ कन्सर्ट; मेयर गुप्ताले गरे उद्दघाटन,कमल खत्रीको बेजोड प्रस्तुति

रंजीत शर्मा/ नवलपरासी/ १७ पुस ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ०५ परासी स्थित आदर्श मा० वि०को प्रङ्गणमा नया वर्षको अवसरमा लाईभ मियुजिक कन्सर्टको आयोजना गरेको छ।

पी प्रोडक्सन हाउस नवलपरासिको आयोजना तथा नव दुर्गा फलक्स एक्सप्रेस, ब्रदर गार्मेन्ट, भगवती नेत्रालय, ग्लोबल कोचिङ सेन्टर, लूप नेटवर्क परासी शाखा, एक्सलेन्ट स्टडी हब प्रा. ली., स्काई डान्स स्टुडियो परासीको सहयाेगमा आयोजना गरिएको थियो।

पी प्रोडक्सन हाउस नवलपरासीका सीईओ नारायण प्रताप चौहानको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमूख अतिथिकतामा उद्दघाटन गरेको संस्कृति कार्यक्रममा नेपालका बहु चर्चित गायक कमल खत्री, टीकटक स्टार शुभम् सुखला, नृत प्रतिभाका धनी अवन्तिका मगर लगायतको प्रस्तुति रहेको थियो भने नवलपरासीका स्थानिय कलाकार सूरज गुप्ता( माहि रप्तार), सन्ध्या क्षेत्री, श्रीजना मगर, दिव्या चौधरी, मनिषा, रिक्की हिमांशु, सिला यादव, प्रसान्त शाह लगायत स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहेको थियो।

कार्यक्रम लाई सम्बोधन गर्दै मेयर गुप्ताले संस्कृति संरक्षण गर्न आफू सधै युवाहरुको साथमा रहेको बताउनु भएको छ। विगत लामो समय पछि परासीमा भई रहेको यो लाईभ संकृति कार्यक्रमले आफू खुसी भएको बताउँदै सम्पूर्ण राष्ट्रिय तथा स्थानीय कलाकारहरुलाई रामग्राम नगरीमा स्वागत समेत गरेका थिए। अङ्ग्रेजी नयाँ वर्ष भव्य र सभ्य तथा कोभिड-१९ संग बच्ने तरीकाले मनाउन आग्रह गर्दै नयाँ वर्षको सम्पूर्ण नगरबासीमा शुभकामना समेत दिएका थिए।

कार्यक्रममा कार्यपालिका सदस्य रोशन साह, पत्रकार रंजीत शर्मा, ज्ञानेश्वर साहनी, सुरेश यादव, समाज सेवी सतिस गुप्ता, कलाकार रामजी प्रजापति लगायत हजारौंको सहभागिता तथा उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित