Rashtriya Dainik

जेसिज शिवराजमा नया नेतृत्व,अध्यक्षमा गिरी चयन

शिवराज जेसिजले नया नेतृत्व चयन गरेको छ । विहिवार शिवराज १ शिवपुरमा भएको पाचौ साधारण सभा तथा चौथो अधिवेशनले खगेश्वर गिरीको अध्यक्षतामा नया समिति चयन गरेको हो । जसको कार्यकारणि उपाध्यक्षमा विष्णु भुसाल,गणेश जिसी,कानूनि सल्लाहाकारमा कविराज अधिकारी,महासचिवमा वाइपि पौडेल,कोषाध्यक्षमा विष्णु हमाल,उपाध्यक्षमा तिलक कार्की,मनिष बन्जाडे,रुपेन्द्र आचार्य,युवराज पौडेललाई चयन गरिएको छ ।
अधिवेशनमा वोल्दै वर्ष २०२१ का अध्यक्ष वुद्धिसागर सापकोटाले आफ्नो कार्यकालमा गरेका कामको वारेमा प्रकाश पार्नुभएको थियो । पूर्व अध्यक्ष विजय सापकोटाले युवाहरुको संस्थाले समाज परिवर्तनमा मुख्य भुमिका खेलेको भन्दै जेसिजले समाजिक काममा नेतृत्व लिने बताउनुभयो । शिवराज जेसिजले विभिन्न समयमा नागरिकहरुलाई परेका समस्यामा साथ दिइरहेको बताउनुभयो ।
त्यस्तै संस्थापक अध्यक्ष सरोज पौडेलले हेरेक गतिविधिमा जेसिज सहभागि हुनुपर्ने बताउँदै हेरेक ठाउँमा युवाले नेतृत्व गर्नुपर्ने बताउनुभयो । नया नेतृत्वलाई वधाई दिदै एक वर्षे कार्यकालमा नमुना काम गर्न सुझाव दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित