जयपृथ्वी नगरपालिका वडा नं ३ पडेसका सबै दलित टोलहरुमा खानेपानीको समस्या जिउकातिउ छ। १/२ धाराहरुले गुजरा चलाईरहेका छन् भने तर बिशेष गरि दमाई टोलमा बिगत १०/१२ बर्षदेखि लगभग १२ घरधुरिमा १ वटा मात्रै धारो छ ।त्यसमा पनि भनेको समयमा पानी नआउने र धारामा घण्टा बसि १०/२०लिटर मात्रै पाउने गरेका छन् धेरै जसो अर्को टोलका धारामा पानी मागेर अथवा आधा घण्टा हिडेर नाउलाको पानी ल्याउन बाध्य भएका छन् । त्यहाका स्थानियहरुले दुखोसो पोखिरहेका छन् उनिहरुका भनाइ अनुसार हामीले वडा कार्यालय,खानेपानी समिति र नेताहरुसम्म हार गुहार माग्दा पनि कसैले चासो नदिएको तर चुनावको बेला घरमै आई हात जोडेर तम्रा जे समस्या छन हामी भोलि नै गरिदिन्छौ भनी बुढाबुढिहरुलाई बोकेर भए पनि भोट हाल्न लगाएका थिए तर अहिले हामीलाई यस्तो अबस्था हुदा पनि खै कहा गए ती भोट माग्नेहरु भन्दै आफ्ना दिनप्रतिदिन भोगिरहेका पानिका समस्याहरु यसरी पोखिरहेका छन् अब पनि हामीलाई राम्रोसँग खानेपानीको ब्यबस्था मिलाई दिएन भने हामि,कसैलाई भोट मात्रै होइन कि ती भोट माग्न आउने कुनै पनि पार्टीका नेता कार्यकत्ताहरुलाई अन्य कुरामा पनि साथ सहयोग गर्ने छैनौ भनि दमाई बस्तीका जनताहरुले भनेका छन् । सेति नदिको लिफ्टिङ खानेपानी योजना लगभग सबै कुराहरु बनिसकेको अब तल छालमा ट्याङ्कि बनाई अनि घरघरमा पाईपहरु बिछ्याउने काम मात्रै बाकि रहेको हुदा अब बिस्तारै मिटर सिस्टम लागू गरि एक घर एक धारो भन्ने नारा चलिरहेको छ हेरौ यो नारा कहिलेदेखि कसरी र कतिसम्म दिगो हुने हो भनी पडेस निवासि युवा नेता कलकजंग खड्काले बताएका छन्,।बिभिन्न पार्टीका नेता तथा अन्य ठुल-ठुला गन्ने मान्ने ब्यक्तित्वहरु बसोबास भएको ठाउँमा पनि खानेपानी मात्रै होइन कि यस्ता कयौं बिभिन्न समस्याहरु दलित टोलमा मात्रै होइन कि अन्य टोलहरुका जनताहरुलाई साथै हामी युवाहरुले पनि बिभिन्न समस्याहरु भोगिरहेका छौ भनी पडेस युवा समाजका अध्यक्ष तथा समाजसेवी पवन खड्काले हामीलाई बताउनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

