संजय कुशवाहा /नवलपरासी १४ पुष
पश्चिम नवलपरासीमा सवारी दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसोमा बर्दघाट नगरपालिका वडा नं. ८ भौताहा भानुनगर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणबाट तर्फ जादै गरेको बा ७ च ४९९ नम्बरको पिकअपले पैदल यात्री सोही ठाउँ बस्ने वर्ष ५१ की सपना कुवरलाई ठक्कर दिदा घाइते भई उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने पिकअप र पिकअप चालक रामग्राम नगरपालिका वडा नं. ०२ परासी बस्ने वर्ष २५ को संतोष कुमार भर अहिले ईलाका प्रहरी कार्यालय बर्दघाटको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

