काठमाडौं– सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावितहरुलाई राहत दिने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयद्वारा बुधबार साँझ प्रकाशित सूचनामा जनाइएको छ । तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

