Rashtriya Dainik

चर्चित गायक श्रीधर अधिकारीको नँया गीत मोया नमार सामाजिक सञ्जालमा टिकटकमा भाइरल बन्दै |

अमृत भटृराई,पर्वत |
पछिल्लो समय एकपछि आर्को गर्दै नेपाली लोक साङ्गीतिक क्षेत्रमा छुटै पहिचान बनाउदै आएका लोक गायक तथा शब्द सृर्जक गायक श्रीधर अधिकारीले फेरि नेपाली साङ्गीतिक
बजारमा मोया नमार एल्बम् गीत सार्वजनिक गरेका छन् ।
गीतमा चर्चित गायक श्रीधर अधिकारी, मिसन मगर ,गायिका कल्पना दाहाल, लक्ष्मी खडका, पुजा देबकोटाको स्वर रहेको छ | गितको शब्द सृजना गायक श्रिधर अधिकारीको भाइ बिमल अधिकारीले गर्नु भएको गायक श्रिधर अधिकारीले थाहा अनलाईन लाइ जानकारी दिए |
थाहा अनलाइका पत्रकार सँगको कुराकानी मा गायक श्रिधर अधिकारीले भने अघिल्लो सालको तिजमा सार्वजनिक गरेको तिज गित लाली जोबान टिकटकमा अत्याधिक चर्चामा आएको समेत बताए |
गितमा रोबिन पोखरेल, स्वभिमान सुवेदी, खेम भुसाल, बिनम कडेल, स्वस्तिमा आचार्यको अभिनय रहेको छ । गितको छायाँकन टंक केसिले गरेका हुन भने गितको निर्देशन गायक श्रिधर अधिकारीले नै गरेका छन् । गित Shreedhar Adhikari युटुब च्यानल मार्फत सार्वजनिक भएको हो | गीत सार्वजनिक भए पछि उक्त गीत सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ |

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित