संजय कुशवाहा / नवलपरासी १२ पुष
पश्चिम् नवलपरासीमा लागु औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकाको समयमा गोप्य सुचनाको आधारमा भुमही परासी सडक खण्डको रामग्राम नगरपालिका वडा नं. ११ रानीपाकड स्थितमा चेकजाँच गर्ने क्रममा लु ४५ प ४१५३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला नवलपरासी (पुर्व) कावासोती नगरपालिका वडा न. ९ मिलनचोक बस्ने वर्ष १९ को सुदिप सुनार र मोटरसाइकल पछाडी सवार कावासोती ३ स्मृती टोल बस्ने वर्ष १९ को निश्चल घिमिरेको साथमा ८ सय ५५ ट्याब्लेट नाईट्रोभेट फेला परेको ।
साथै सोही मोटरसाइकल संगै बा. प्र. ०२-०३० प ६२३९ नम्बरको मोटरसाइकलमा सवार जिल्ला कालिकोट खडाचक्र नगरपालिका वडा न. ४ बस्ने वर्ष २२ को बिमल शाही र सोही ठाउँ बस्ने वर्ष २२ को रमेश अधिकारी समेत नियन्त्रणमा लिई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

