उमेश बि.क / नवलपरासी ,१२ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ भिमटाडीमा अवस्थित नेपाल रेडक्रस सोसाइटी बालपुरी उपशाखाको दाेस्राे सधारणसभा तथा अधिवेशन हुने भएको छ।
बालपुरी उपशाखाको दाेस्राे सधारणसभा तथा दाेस्राे अधिवेशन र उपशाखाकाे नवनिर्मित कार्यालय भवनको उदघाटनकाे अन्तिम तयारी भइसकेको उपशाखाका सभापति प्रदिप कुमार अग्रहरीले जानकारी दिनुभएको हाे।

हालसम्म ३१५ जना अाजिवन सदस्य रहेको बालपुरी उपशाखाकाे अधिवेशन समेत यहि पुस १४ गते तय भएकाे सभापति अग्रहरीले जानकारी दिनुभएको हाे।

नेपाल रेडक्रस सोसाइटी बालपुरी उपशाखाकाे कार्यसमिति बैठकले नवनिर्मित भवन उदघाटन , सधारणसभा तथा अधिवेशन एकैदिन गर्ने भएकोले सम्पुर्ण तयारी पूरा भइसकेको सभापति अग्रहरीले जानकारी दिनुभएको हाे।

नवनिर्मित भवन उदघाटन , सधारणसभा तथा अधिवेशन एकैदिन हुनेभएकोले सम्पुर्ण अाजिवन सदस्यलाई रेडक्रस भवन भिमटाडीकाे प्रांगणमा बिहान १० बजे उपस्थितिका लागि पत्राचार भइसकेको र पत्र नपाएको अाजिवन सदस्यलाई यहि समाचारलाई अधारमानि उपस्थितिकाे लागि सबैमा अनुरोध समेत गर्नुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

