संजय कुशवाहा / नवलपरासी ११ पुष
पश्चिम् नवलपरासीमा लागु औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा न. ३ कुस्मा बस्ने अब्दुल रहेमान, सोहि स्थान बस्ने विवेक पाण्डे र सुनवल नगरपालिका वडा नं. १ सोमनाथ बस्ने कृष्ण बहादुर पाण्डे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा न. ३ कुस्माबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताए ।
तिनै जनालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट स्पास्मो १सय ७४ क्याप्सुल, नाईट्रोभेट १९ ट्याब्लेट र कोडिन ३ बोतल लागु औषध फेला परेको थियोे । पक्राउ परेका तिनै जनालाइ लागुऔषध मुद्धामा मुद्धा दर्ता गरी लागु औषध नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शाहीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

