Rashtriya Dainik

महिलाहरूको लागि सिलाई कटाई तालिम सञ्चालन

संजय कुशवाहा / नवलपरासी ११ पुष

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुरामा महिलाहरूको लागि एडभान्स सिलाई कटाई सम्बन्धि ४५ दिने तालिम सञ्चालन गरिएको छ ।

जिल्ला अपांग खेलकुद संघ नवलपरासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा बच्चा रायको अध्यक्षाता तथा प्रतापपुर गाउँपालिका कर्वाहकअध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख अथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने भन्दैं तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गरिन ।
साथै मेहनतका साथ सिप सिके सफलता हासिल गर्न कुनै समस्या पर्दैन । श्रमले मानिसलाई सम्मानित बनाउँछ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुनेछ अध्यक्ष चौधरीले बताइन् ।

कार्यक्रममा कार्यपालिका सदस्य संगीत हरिजन , आरति यादव ,रन्जिता सिंह ,सयलेन्द्र यादव , अंगीरा पाल लगायतहरुको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित