वीरगंज,पुस ११
गहुँ र मकैको मुख्य सिजनमै मलको अभाव भएको भन्दै एमाले निकट ओविसी पर्साले आज वीरगंजमा प्रर्दशन गरेको छ । ओविसीले केन्द्रिय उपाध्यक्ष अकलेश साहको अगुवाईमा जिल्ला प्रशासन कार्यालय पर्साको मुख्य गेटमा एकघण्टा धर्ना सहित प्रर्दशन गरेको हो । मल खाद्यको व्यवस्था गर, किसानको माँग पुरा गर, स्थानिय सरकार मुर्दावादा,प्रदेश २ सरकार मुर्दावाद, किसान मार्न पाईदैन लगायतको नारा सहित ओविसीका पदाधिकारीले धर्ना दिएका थिए । गँहु र मकैको लागि आवश्यक युरिया र डिएपी मल अभावका कारण यसपालि पनि किसानहरु पिडित बनेका छन । सरकारले किसानलाई चाहिने आवश्यक मल समयमै व्यवस्थापन नगर्दा बर्षेनी किसानहरु धान र गहुँको मुख्य सिजिनमा मारमा पर्ने गरेको उपाध्यक्ष साहले बताए ।सरकारले समयमै मल व्यवस्थापन नगरे कडा आन्दोलन समेत गर्ने उपाध्यक्ष साहले बताए । मल अभावको समस्या समाधानका लागि मंसिर २० गते पनि ओबिसि पर्साले कृषि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको थियो । ओविसी पर्साका अध्यक्ष प्रमोद महतोको नेतृत्वमा भएको बिरोध कार्यक्रममा ओसिवीका केन्द्रिय सदस्य राजेश सहनी,राजन साह कानु,सचिव संदिप महतो,संतोष पटेल,राजेश पटेल,महादेव शर्मा,अरुण कुशवाहा लगायतको सहभागिता रहेको सचिव भगवानलाल पटेलले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

