Rashtriya Dainik

कार्याकाल सकिन लाग्दा समेत नगर प्रमुख चौधरिले गर्न सकेनन बाचा पुरा

खगेन्द्र अबस्थि
कैलाली

कार्याकाल सकिन लाग्दा समेत जिल्लाको घोडाघोडि नगरपालिकाका नगर प्रमुख ममता प्रशाद चौधरिले आफुले जनताको घर घरमा गई खाएका ति बाचा पुरा हुन अझै सकेका छैनन।

जनताका समस्या भने ‘ज्यूँका त्यूँ छन’ तर चुनाब जितेर गएपछि कोहुन भनेर एकपटक समेत फर्केर आउनु भएको छैन आफु गद्दीमा पुगेपछि हामिलाई के हेर्थे र भन्दै आशु बगाउछिन कैलालीको घोडाघोडि नगरपालिका 12 कि एक युवति।

सत्तामा पुगेपछि जनताको माया मारेपछि फेरि पनि चुनाब आउदै छ हामिपनि हेर्छौ कुन मुख लिएर आउदा रहेछन हाम्रो दैलो अगाडि हाम्रो गाउँको बिकाश न हुदा सम्म कसै दलाललाई एक भोट पनि न दिने भनि आक्रोश पोख्छिन।

घोडाघोडि नगरपालिकाका नगर प्रमुख ममता प्रशाद चौधरिले आफुले सपथ खाने क्रममा घोडाघोडि नगरपालिकाको सबै वडाबाट नगर बस सञ्चालनमा ल्याउने स्माट सिटि बनाउने रिङ्गरोड निर्माण गर्ने र मुख्य कुरा जनताको घरघरमा भत्ता बितरण गर्ने बनजंगलमा वृक्षारोपण गर्ने भनि सपथ खाएको बितिदै छ तर नगर सरकार आएपछि केहि बिकासमुखी नगर बन्छ कि भन्ने आशामा थियौ तर त्यसो भयन भनि घोडाघोडि नगरपालिका 12 का युवक बताउँछन।

कैलालीको घोडाघोडि नगरपालिकाका नगर प्रमुख ममता प्रशाद चौधरिले बिभिन्न कुराको सपथ खाएपनि त्यसलाई अझै पुरा गर्न सकेका छैनन नगरबस को त कुरै छोडौ सानो ट्याक्टर हिड्ने बाटो समेत निर्माण न भएको पाइन्छ स्माट सिटि बनाउने कुरा पनि मुखैमा सिमित रह्यो स्माट सिटिको कुरै छोडौ नगरको मुख्यद्वारमा रहेको सुखड बजार अझै सुधारोन्मुख तिर गएको छैन घोडाघोडि नगरपालिकाका सबै वडालाई छुवाएर रिङ्गरोड निर्माण गर्ने कुरा कुरामै सिमित रह्यो सामान्य रोड पनि पिच हुन सकेको छैन मुख्यकुरा घरघरमा गई बुढा भएका आमा बालाई भत्ता बितरण गर्ने भनेपनि बुढा बा आमाले गर्मिमा समेत लाइनमा बसि बैंङ्कको ढोका ढकढक्याउनु पर्छ र घोडाघोडि नगरपालिकामा वृक्षरोपण भने भएको पाइन्छ ।

नगर प्रमुख चौधरिले बाचा धेरै खाएपनि पुरा भने एउटा मात्रै भएको छ बेटोघाटो निर्माण समेत नभएको पाइन्छ बर्खायाममा भने हिलैहिलोको बाटो हिड्ने त्यो दिन अझै परिबर्तन भएको देखिन्न नगरप्रमुख चौधरिले जनताको लागि काम गर्ने भनि सपथ खाएपनि तर त्यसको दुरुपयोग भएको ठहर्याउछ जनताको प्रतिनिधि भैसके पश्चात जनताकै काम नगरिदिदा पालिकाबाट स्थानिय समेत निरास भइ फर्कनु पर्ने बाध्यता रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित