राजन कुमार बानिया / पर्सा १० पुस
पर्साको पकाह मैनपुर गाँऊपालिका वडा नम्बर १ धोरे देखि पोखरिया करिडोरसम्म पर्ने कच्ची सडकलाई बनाईदिन पर्साको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित साँसद एंव जसपाका नेता हरिनारायण रौनियारले आग्रह गर्नु भएकोछ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई भेटी पर्साको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित साँसद एंव जसपाका नेता रौनियारले भारतबाट हुने आयात तथा भारततर्फ हुने निर्यातको उचित व्यवस्थाका लागि सडक निमार्ण जरुरी रहेको जनाउदै सडक निमार्ण कार्य गरिदिनु हुन आग्रह गर्नु भएको हो ।
भारतको रक्सौल देखि भेलाहीबजारबाट नेपालतर्फको सिमामा रहेको कच्ची सडकका कारण जनताको जनजीवन अस्तव्यस्त रहेकाले पोखरिया प्रसौनी हुलाकी सडक खण्डसंग जोडीदिन आग्रह गर्दै यसै आर्थिक वर्षमा उक्त सडक निमार्ण गर्न लिखितरुपमा अनुरोध गर्नु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

