उत्तमकुमार थापा बझाङ
घरेलु तथा साना उद्याेग विकास कार्यालयद्वारा तीन महिने आधारभुत सिलाइकटाई तालिमकाे उद्घघाटन गरिएको छ ।
आज जिल्लाकाे केदारस्यू गाउँपालीका वडा नम्बर ९ काे झाेतामा एक कार्यक्रमका विच उद्घघाटन गरिएको हाे । प्रत्येक स्थानीयतहका महिलाहरुलाइ समेटेर आज कार्यक्रमकाे उद्घाटन गरिएको थियाे ।
कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख खडक बहादुर बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि केदारस्यू गाउँपालीकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी बिशिस्ट अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष अहेन्द्र शाहि रहनु भएको थियाे भने प्रत्येक स्थानीय तहका एकल महिला पिडत महिला दलित महिलालाई लक्ष्यित गरि सीप विकास तालिम सञ्चालन गरिएको हाे ।

कार्यक्रममा बाेल्दै केदारस्यू गाउँपालीका अध्यक्ष भण्डारीले भने स्थानीय तहले पनि हातेमालो गर्छ तपाईं तालिम सिक्नुहाेस राेजगारी हामी दिन्छु । त्यसै घरेलु कार्यालयका प्रमुख खडक बाेहराले भने, तामिममा नियमित उपस्थिति भएर बढ्दाे बेरोजगारी घटाउनु पर्छ सीप सिकेर आफै आत्मनिर्भर बन्ने उदेश्यका साथ सधैका बर्ष झै यस बर्ष पनि तालिम सञ्चालन गरिएको हाे । दिदीबहिनीहरुले सीप सिकेर उद्धमी बन्नु हुनेछ भन्ने पुर्ण आसामा छाै । आज भएको कार्यक्रमकाे कार्यक्रम सञ्चालन भने,घरेलु कार्यालयका सुब्बा कृष्ण नेपालीले गर्नु भएको हाे तालिममा १२ जना महिला सहभागी भएको सुब्बा कृष्ण नेपालीले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

