Rashtriya Dainik

पश्चिम् नवलपरासीमा दुइ जना फरार अभियुक्त पक्राउ

पुस ७
उर्मिला यादव यात्री
सुनवल
जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले बुधबार बिभिन्न मुद्धामा फरार रहेका २ जना अभियुक्तलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना कुटपिट अंगभंग मुद्धामा फरार र एक जना गाली बेइजती मुद्धामा फरार अभियुक्त छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार जिल्ला अदालत पश्चिम् नवलपरासीबाट कुटपिट अंगभंग मुद्धामा २०७५ साल बैशाख २३ गते फैसला भई तत्काल १ बर्ष ८ महिना कैद र १ लाख रुपैयाँ जरीवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका एक जना अभियुक्तलाई ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले आज बुधबार पाल्हिनन्दन गाँउपालिका वडा नम्बर ३ कुश्मा बाट पक्राउ गरेको छ । यस्तैगरि २०७३ साल चैत्र १४ गते जिल्ला अदालतबाट गाली बेइजती मुद्धामा फैसला भई तत्काल १५ दिन कैद र १ सय रुपैयाँ जरीवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका अर्का एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ५ वडहरा दुवौलियाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुबै जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको र दुबै जनालाई जिल्ला अदालतबाट लगत अनुसारको कारबाही भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट एक हप्ता भित्रमा बिभिन्न मुद्धाका ६० जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको समेत शाहिले जानकारी दिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित