Rashtriya Dainik

नवलपरासी प्रहरीकाे कडा एक्सन १ हप्तामा ५८ जना फरार अभियुक्त पक्राउ

नन्दु यादव पाैष ६नवलपरासी

पश्चिम नवलपरासी प्रहरीले अहिले फरार अभियुक्त लाई धमाधम खाेजि गर्दै पक्राउ गर्न थालेकाे छ ।विभिन्न मुद्दाका फरार अभियुक्त लाई खाेजतलास गर्दै पक्राउ गर्न थालिएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का प्रहरी प्रमुख (एसपि)मनाेज कुमार यादवले जानकारी दिनु भयाे ।२०७८/८/२८गते देखि थालिएकाे अपरेसनबाट १हप्तामा ५८जना लाई पक्राउ गर्न सफल भएकाे वहाले बताउनु भयाे। बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका बाली विगो मुद्धाका ,कुटपिट मुद्धाका, लुटपिट मुद्धाका अंशवण्डा मुद्धाका , गाली बेईज्यती मुद्धाका , जाल साझी मुद्धाका ,वन मुद्धाका ,लागुअाैषध अाेसारपसार मुद्दा लगायत विविध मुद्धाका अभियुक्तहरु लाई पक्राउ गरिएकाे छ । जिल्लाको रामग्राम नगरपालिका अन्तर्गतको एरियाबाट , सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट , बर्दघाट नगरपालिका अन्तर्गतको एरियाबाट , प्रतापपुर गाउँपालिका अन्तर्गतको एरियाबाट र सुस्ता गाउँपालिका अन्तर्गतको एरियाबाट फरार अभियुक्त पक्राउ गरीएको हो। पक्राउ गरिएका ५८ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही हुने बताईएकाे छ ।अझैपनि जिल्लामा अभियुक्त फरार रहेकाे ले खाेजतलास भईरहेकाे यादवले बताउनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित