तुलसी राम पौडेल /सियारी, मंसिर २५
” घरैबाट शुरु गरौ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ रुपन्देहीको सियारी गाउपालिकामा लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
लुम्बिनी प्रदेश सदस्य तुलसी प्रसाद चौधरीले कार्यक्रमको उदघाटन गर्दै कुनै पनि राजनीतिक दलको सङ्गठनमा ३३% महिलाको सहभागिता हुनुपर्ने संविधानले सुनिश्चित गरेकोले त्यसलाई साकार पार्न महिला दिदिबहिनीहरुले योग्यता र क्षमताको बिकास गर्नुपर्ने बताउनु भयो ।सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले महिलाहरूले आफुलाई आर्थिक ,सामाजिक र राजनैतिक क्षेत्रमा रुपान्तरण नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताउनु भयो ।
कार्यक्रमको सहजीकरण प्रमुख प्रशिक्षक नेपाल टेलिभिजनका महाप्रबन्धक आरती चटौत तथा प्रशिक्षक दल बहादुर गुरुङले गर्नुभएको थियो ।
प्रमुख प्रशिक्षक आरती चटौतले महिलाहरुले आफ्ना हक, अधिकार ,सुविधाबाट बन्चित नहुनको लागि आफुले चलाउने मोबाइललाई सूचना प्रविधिको कार्यमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा महिला हिंसा ,पुरुष हिंसा , हिंसाका कारणहरु ,समाजमा प्रभाव वारे प्रशिक्षण दिइएको थियोे ।

सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको विशिस्ट आतिथ्यता,वडा अध्यक्षहरु तथा वडा सदस्यहरुको आतिथ्यता, कार्यपालिका सदस्य देवकी खरेलको स्वागत मन्तव्य ,वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङको शुभकामना मन्तव्य रहेको कार्यक्रममा सहभागीहरुले महिला तथा पुरुष हिंसा सम्बन्धि आ आफ्नो विचारहरु राखेका थिए ।
सामाजिक विकास शाखाका सामाजिक विकास अधिकृत विनोद खनाल ,सहायक महिला विकास निरीक्षक बिष्णु क्षेत्री र शान्ता पौडेलले कार्यक्रम संयोजन गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

